मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौं महानगरले एमालेलाई गरायो १ लाख जरिवाना

काठमाडौं महानगरले एमालेलाई गरायो १ लाख जरिवाना

images
२०८१ मंसिर ८ गते, शनिवार
२०८१ मंसिर ८ गते, शनिवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ।

    images

    शुक्रबार दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गराएको भन्दै काठमाडौं महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएएको हो।

    images

    काठमाडौं महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाको हस्ताक्षरमा महानगरले एमाले पार्टी कार्यालयलाई कारवाही सम्बन्धि पत्र पठएको छ।

    पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं १ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००/०० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’

    एमालेका कार्यकर्ताले दरबारमार्ग क्षेत्रमा गरेको फोहोर काठमाडौं महानगरपालिकाले सफा गरिसकेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend