मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

लायन्स क्लव अफ काठमाडौंको आयोजनामा ट्राफिक सचेतना

लायन्स क्लव अफ काठमाडौंको आयोजनामा ट्राफिक सचेतना

images
२०८१ मंसिर ८ गते, शनिवार
२०८१ मंसिर ८ गते, शनिवार
  • काठमाडौं। लायन्स क्लब अफ काठमाडौंले ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ। पैदलयात्री तथा सवारी चालकहरुको कमी कमजोरीबाट मानिस अंगभंग हुने तथा ज्यानसमेत जाने गरेको र यो क्रम दिन प्रतिदिन बढ्दै गइरहेकाले सचेतना कार्यक्रमको आयोजना गरिएको हो।

    images

    सचेतना कार्यक्रम विद्यार्थी, अभिभावक, शिक्षक तथा अन्य सबैलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौंले जनाएको छ। काठमाडौं ३१ मा रहेको बानेश्वर क्याम्पसमा कार्यक्रम शान्तिनगरमा आयोजना गरिएको थियो ।

    images

    लायन्स क्लव अफ काठमाडौं, प्रहरी वृत्त बानेश्वर, सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर र बानेश्वर क्याम्पसको संयुक्त आयोजनामा भएको कार्यक्रममा
    उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रशिक्षक प्र.ना.नि. हिमाल थापाले भिडियो डकुमेन्ट्रीसहितको सचेतनामूलक प्रशिक्षण प्रस्तुत गरेका थिए।

    कार्यक्रममा प्रहरी वृत्त बानेश्वरका कार्यालय प्रमुख प्रहनायब उपरीक्षक बिरेन्द्र गोदार, बानेश्वर क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.घमानसिंह खड्काले ट्राफिक नियमको पालना र दुर्घटना हुन सक्ने अवस्था तथा अपनाउनु पर्ने सचेतनाबारे धारणा राखे।

    कार्यक्रममा जापानको प्रहरी सेवामा लामो समय काम गरी सेवा निवृत्त सागर नाम गरेका स्वयमसेवक र सात वर्ष जापानमै प्रहरी सेवामा काम गरि प्रहरी सेवाबाट अलग भएका युवराज नाम गरेका जापानी स्वयं सेवकले समेत आफ्नो अनुभव प्रस्तुत गरेका थिए।

    सोही अवसरमा क्लवका पूर्वअध्यक्ष लायन नरेश खड्काले लायन्स क्लवको वारेमा संक्षिप्त परिचय दिएका थिए।

    लायन्स क्लव अफ काठमाडौंका अध्यक्ष लायन गोविन्द गौतमले कार्यक्रम सहजीकरण गरेका थिए। कार्यक्रममा २१५ जनाको सहभागितामा थियो । 

    कार्यक्रममा लायन्स क्लवको तर्फबाट निवर्तमान अध्यक्ष लायन योगेन्द्रजंग रुम्बा, प्रथम उपाध्यक्ष लायन केशवलोचन शर्मा, सचिव लायन अपार खड्का, कोषाध्यक्ष लायन रामगोपाल तण्डुकार, सदस्य लायन राजेन्द्र अधिकारीको सहभागिता रहेको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend