मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

उपनिर्वाचन : बढीमा १० वटा झण्डा र चुनाब चिन्ह मात्र प्रयोग गर्न पाइने

उपनिर्वाचन : बढीमा १० वटा झण्डा र चुनाब चिन्ह मात्र प्रयोग गर्न पाइने

images
२०८१ मंसिर ७ गते, शुक्रवार
२०८१ मंसिर ७ गते, शुक्रवार
  • काठमाडौं। निर्वाचन आयोगले मंसिर १६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा बढीमा १० वटा झण्डा र चुनाव चिन्ह मात्र प्रयोग गर्न पाइने बताएको छ।

    images

    निर्वाचन प्रचारप्रसारका क्रममा भद्दा प्रचारप्रसार हुँदै गएपछि आयोगले कडाइ गर्दै यस्तो आग्रह गरेको हो। शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले १० वटाभन्दा बढी झण्डा र चुनाव चिन्ह प्रयोग नगर्न दल तथा दलका उम्मेदवारहरुलाई निर्देशन दिएको हो।

    images

    उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेकोभन्दा फरक नपार्न निर्देशन दिएको हो।

    प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सूचित गराएको छ।

    आचारसंहिता उल्लङ्घन भए/गरेमा तत्कालै कारबाही गर्न निर्वाचन अधिकृत वा अनुगमनकर्ता र स्थानीय प्रशासनलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

    उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न भन्दै आयोगले गत मंसिर २ गतेबाट निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू गरेको थियो।

    सो आचारसंहिताको प्रभावकारी कार्यान्वयन लागि आयोगले विभिन्न संयन्त्र परिचालित गरिको बताएको छ।

    ४१ पदका लागि हुने स्थानीय तहको उपनिर्वाचनका लागि २० राजनीतिक दल र स्वतन्त्र उमेदवारसहित गरी ३७६ उमेदवारका बिचमा प्रतिस्पर्धा हुनेछ।

    निर्विरोध निर्वाचित भएका बाहेक एक/एक नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३३ वडाध्यक्ष गरेर ४१ पदका लागि उपनिर्वाचन हुनेछ।

    गत २ गते उम्मेदवारी दिएका ४१० जनामध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। यस्तै बिभिन्न पदमा उम्मेदवारी दिएका ३ जना निर्विरोध निर्वाचित भइसकेका छन।

    आयोगका अनुसार ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् ।

    यस्तै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend