मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंका ४९७ पसलको अनुगमन : १३३ पसलमा म्याद सकिएका वस्तु, दर्ता नभएका २ सय बढी

काठमाडौंका ४९७ पसलको अनुगमन : १३३ पसलमा म्याद सकिएका वस्तु, दर्ता नभएका २ सय बढी

images
२०८१ मंसिर ७ गते, शुक्रवार
२०८१ मंसिर ७ गते, शुक्रवार
  • काठमाडौं। काठमाडौ महानगरपालिकाले सुरु गरेको पर्व लक्षित अनुगमनका क्रममा ४१० वटा पसल अनुगमन गर्दा २० पसल मात्र राम्रा भेटिएको बताएको छ।

    images

    गत असोज १० देखि काठमाडौं महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमन गरिएका ४९७ पसलमध्ये २० वटा (४.०२%) मात्रै राम्रा भेटिएको महानगरपालिकाले बताएको हो।

    images

    अनुगमनका क्रममा १३३ वटा (२६.७६%) पसलमा म्याद सकिएका बस्तु भेटिएको, ३११ वटा (६२.५७%) मा मूल्य सूची नराखिएको र २ सय वटा (४०.२४%) व्यवसाय नै दर्ता नगराई सञ्चालन भएको पाइएको महानगरपालिकाले जनाएको छ।

    यसरी अनुगमन गरिएका पसलमध्ये ४३८ वटा किराना, १८ वटा मिठाइ, १९ वटा ड्राइ फुड, ७ वटा मसला र १५ वटा डेरी पसल रहेको महानगरले बताएको छ।

    म्याद सकिएका पसललाई चेतावनी सहित कारवाही गरिएको, मूल्य सुची नराखिएका पसललाई राख्न भनिएको तथा ब्यवसाय दर्ता नगरिएका पसललाई दर्ता गर्न आग्रह गरिएको महानगरले भनेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend