मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल प्रहरीका दुई डीआईजी एआइजीमा बढुवा

नेपाल प्रहरीका दुई डीआईजी एआइजीमा बढुवा

images
२०८१ मंसिर ६ गते, बिहिवार
२०८१ मंसिर ६ गते, बिहिवार
  • काठमाडौं । सरकारले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ।

    images

    बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठक मार्फत सरकारले एआईजीमा बढुवाका लागि सिफारिस भएका डीआईजी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा गर्ने निर्णय गरेको हो ।

    images

    उनीहरू दुबै जनाको नाम गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिबाट सिफारिस भएको थियो। गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने ढकाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा कार्यरत छन्।

    कार्तिक १४ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी नेतृत्वको सिफारिस समितिले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend