काठमाडौं। राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा. शुरेश आचार्य नियुक्त भएका छन।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका डा. आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।
यस्तै मन्त्री परिषद बैठकबाट आयोगको सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
संचार मन्त्रालयले उनीहरूको नाम मन्त्री परिषद्मा सिफारिस गरेको थियो।



