मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौं प्लाजा हरेक दिन साँझ सर्वसाधारणको पार्किङका लागि खुला

काठमाडौं प्लाजा हरेक दिन साँझ सर्वसाधारणको पार्किङका लागि खुला

images
२०८१ मंसिर ६ गते, बिहिवार
२०८१ मंसिर ६ गते, बिहिवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि हरेक दिन आफ्नो कार्यालय रहेको काठमाडौं प्लाजा सर्वसाधारणको सवारीसाधन पार्किङका लागि खुला गरेको छ।

    images

    महानगरपालिकाले शुक्रबार (मंसिर ७ ) साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको हो। 

    images

    महानगरका प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले महानगरको यो निर्णयपछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङमा सहजता हुने बताए।

    काफ्लेका अनुसार महानगरको यो निर्णय दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि कायम हुनेछ। उनका अनुसार दिउँसो कार्यालय संचालन गर्न असहज हुने भएकाले कार्यालय समय सकिएपछि यो सेवा दिन लागिएको हो।

    महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार पार्किङको व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend