मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बैंकले नियम विपरीत कर्जाको ब्याजमा उठाएको प्रिमियम फिर्ता गरेनन्

बैंकले नियम विपरीत कर्जाको ब्याजमा उठाएको प्रिमियम फिर्ता गरेनन्

images
२०८१ जेठ १४ गते, सोमवार
२०८१ जेठ १४ गते, सोमवार
  • यसरी प्रिमियम बढाएर बढी ब्याज असुल गर्ने बैंकलाई नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभागले ११ असोज २०७९ मा यसरी उठाएको बढी ब्याज फिर्ता गर्न निर्देशन दिएको थियो । त्यसबीच सञ्चालनमा रहेकामध्ये २५ वाणिज्य बैंकलाई अधिक दरमा लिएको ब्याजबापत ४ अर्ब ६६ करोड रुपैयाँ सम्बन्धित ऋणीलाई फिर्ता गर्न निर्देशन दिइएको थियो ।

    images

    राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले आंशिक रूपमा मात्रै ब्याज फिर्ता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले कर्जामा लिने गरेको अधिक प्रिमियम दरका कारण सर्वसाधारणले उपभोग गर्ने वस्तु तथा सेवाको मूल्य, बैंक तथा वित्तीय संस्थाहरूको नाफा र आयकर राजस्वमा समेत असर पर्ने प्रतिवेदनमा उल्लेख छ ।

    images

    बैंक तथा वित्तीय संस्था अनुगमनमा कर्जामा लिएका प्रिमियम दरसम्बन्धी विषय समावेश गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अनुगमन प्रतिवेदनमा उल्लेख गरी कारबाही गर्ने गर्नुपर्ने महालेखा परीक्षकले औंल्याएको हो ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend