काठमाडौं। सहकारी पीडित र प्रहरीबिच माइतीघर मण्डलामा झडप भएको छ।
बुधबार दिउँसो राजधानीको माइतीघरमा प्रदर्शनमा उत्रिएका सहकारी पीडित र प्रहरीबिच झडप भएको हो। प्रदर्शनकारी माइतीघर तर्फबाट बानेश्वर तर्फ लाग्दै गर्दा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन भैरहेको थियो।
झडपमा परेर केही प्रदर्शनकारी घाइते भएका छन। एकजनाको टाउको फुटेको छ। घाइतेहरुलाई वीर अस्पताल लगिएको प्रदर्शनकारीहरुले जानकारी दिएका छन।
प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेपछि प्रहरीमाथि उनीहरुले ढुंगामुढा गरेका थिए। सो क्रममा प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको हो।



