मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन गर्दै चिकित्सक संघ

चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन गर्दै चिकित्सक संघ

images
२०८१ मंसिर ५ गते, बुधवार
२०८१ मंसिर ५ गते, बुधवार
  • काठमाडौं। नेपाल चिकित्सक संघले आगामी २८ र २९ मंसिरमा चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ।

    images

    ‘हेल्थ बियोन्ड हेल्थ’ मुख्य नाराका साथ चिकित्सक संघको आयोजनामा बबरमहलस्थित कार्की ब्याङ्केटमा राष्ट्रिय स्वास्थ्य सम्मेलन हुन लागेको हो।

    images

    संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा मुख्य सात विषयमा छलफल हुनेछ।

    ‘प्रतिबद्धताबाट कार्यान्वयनसम्मः तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन घोषणापत्रका प्रगति, चुनौती र अनुभवहरू, परिवर्तनकारी स्वास्थ्य प्रणाली र युनिभर्सल हेल्थ कभरेज, अनुसन्धान, अध्ययन र सहकार्यको क्षमता निर्माण,  स्वास्थ्य संकट र महामारीका लागि पूर्वतयारी,  चिकित्सा शिक्षा सुधार र नवप्रवर्तन,  स्वास्थ्यमा सञ्चार माध्यम, जनचेतना र उत्तरदायी पत्रकारिता र संक्रामक रोग, व्यावसायिक र वातावरणीय स्वास्थ्यमा पानी, सरसफाइ र पोषणको प्रभाव गरी यी सात विषयमा छलफल हुनेछ।

    सम्मेलनले नेपालको स्वास्थ्य प्रणालीलाई समृद्ध र दिगो बनाउन नीतिगत सुझावहरू प्रस्तुत गर्न मुख्य भूमिका खेल्ने र स्वास्थ्य परिणामलाई प्रभाव पार्ने सामाजिक, वातावरणीय तथा आर्थिक पक्षहरूलाईसमेत समेट्ने गरी कार्यक्रममा व्यापक दृष्टिकोण प्रस्तुत हुने डा कार्कीले जानकारी दिए।

    नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अझै पनि चुनौतीपूर्ण रहेको भन्दै उनले गुणस्तरीय स्वास्थ्य सेवाको समस्याका कारण समग्र जनस्वास्थ्य र सामाजिक कल्याणमा नकारात्मक प्रभाव पर्दै आएको उनको भनाइ छ।

    स्वास्थ्यमा समता, दिगोपन र सेवाग्राही केन्द्रित अभ्यासलाई समेटेर मात्र समावेशी समाज निर्माण गर्न सकिने संघले जिकिर गरेको छ। यी विषयमा बहस र समाधान खोज्न देश–विदेशका विज्ञ, नीति निर्माता, स्वास्थ्यकर्मी, उद्यमीहरूको उपस्थितिमा छलफल गरिने संघले जनाएको छ।

    स्वास्थ्यलाई शिक्षा, आवास, रोजगारी र वातावरण संरक्षण जस्ता सबै क्षेत्रसँग जोडेर एकीकृत नीतिका रूपमा प्रस्तुत गर्दै यस सम्मेलनले नेपालको वर्तमान स्वास्थ्य असमानतालाई सम्बोधन गर्ने, स्वास्थ्य प्रणालीलाई सबल बनाउने र भविष्यका स्वास्थ्यसम्बन्धी आवश्यकताहरूको तयारी गर्ने लक्ष्य राखेको बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend