मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दुर्गा प्रसाईंलाई साइबर ब्युरो पुर्याइयो

दुर्गा प्रसाईंलाई साइबर ब्युरो पुर्याइयो

images
२०८१ मंसिर ४ गते, मंगलवार
२०८१ मंसिर ४ गते, मंगलवार
  • काठमाडौं। सामाजिक संजालमार्फत अफवाह फैलाएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले साइबर ब्युरो पुर्याएको छ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक संजालमार्फत भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

    images

    प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गरिने जनाएको छ। 

    प्रसाईंलाई सीआइबीले मंगलबार उनको भक्तपुर निकोसेरास्थित निवासबाटै पक्राउ गरेको थियो। त्यसलगत्तै प्रहरीले प्रसाईंलाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल पुर्याएको थियो। प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका छन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend