काठमाडौं। आफुलाई सामाजिक अभियनता बताउने दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का प्रमुख दीपक थापाले प्रसाईंलाई पक्राउ गरिएको बताए।
उनलाई भक्तपुरबाट सीआइबी ल्याइँदै छ। प्रहरीले प्रसाईंलाई सामाजिक संजालमार्फत अफवाह फैलाउने काम गरेको भन्दै पक्राउ गरिएको जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै एक अडियो सामाजिक संजालमा भाइरल भैरहेको छ। त्यसमा प्रसाईंको आवाज छ। सोही विषयमा उनी पक्राउ परेका हुन।



