मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मुग्लिङ-पोखरा सडक आज राति ११ बजेदेखि दैनिक साँढे चार घण्टा बन्द

मुग्लिङ-पोखरा सडक आज राति ११ बजेदेखि दैनिक साँढे चार घण्टा बन्द

images
२०८१ मंसिर ३ गते, सोमवार
२०८१ मंसिर ३ गते, सोमवार
  • तनहुँ। मुग्लिङ-पोखरा सडक योजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन-देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ।

    images

    पहिलो चरणमा आज राति ११ बजेदेखि राती १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको हो।

    images

    जिल्ला प्रहरी कार्यालय तनहुँले आज सूचना जारी गर्दै लामो समय सडक बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चालक तथा सवारी धनिलाई अनुरोध गरेको छ।

    मङ्सिर ३ गते सोमबारदेखि मङ्सिर २३ गते आइतबारसम्म सडक बन्द गरी निर्माण गरिने पूर्वीसडक खण्ड आयोजनाले जनाएको छ।

    राती १ बजेदेखि १:३० बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिने पूर्वीसडक खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए।

    उनका अनुसार यस सडक खण्डमा ४१ दशमलव ५ किमि दूरी रहेको छ। हालसम्म दुई लेनको ६३ किमि सडक कालोपत्र गरिएको छ भने ६८ प्रतिशत प्रगति भएको छ।

    उक्त अवधिभर अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनका लागि सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।

    `आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइनेछ,´ उनले भने `यस राजमार्ग भएर गुड्ने सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।´

    उक्त अवधिमा रोकिने सवारी साधनले रोक्दा वा चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेकसमेत नगर्न प्रहरीले अनुरोध गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend