मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अब अस्पतालमा प्रयोग हुने प्रविधिजन्य स्वास्थ्य सामग्री पनि अनिवार्य रुपमा दर्ता गर्नु पर्ने

अब अस्पतालमा प्रयोग हुने प्रविधिजन्य स्वास्थ्य सामग्री पनि अनिवार्य रुपमा दर्ता गर्नु पर्ने

images
२०८१ मंसिर ३ गते, सोमवार
२०८१ मंसिर ३ गते, सोमवार
  • काठमाडौं। सात वर्ष अघि २०७४ सालमा बनेर थन्किएको `स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका २०७४´ कार्यान्वयनमा आएको छ।

    images

    औषधी बाहेकका प्रविधिजन्य स्वास्थ्य सामग्रीहरु पनि अनिवार्यरुपमा दर्ता गर्नु पर्ने प्रावधान राखिएको निर्देशिका कार्यान्वयनमा ल्याइएको हो। यो निर्देशिका कार्यान्वयनमा ल्याइँदा अस्पताल र स्वास्थ्य संस्थाहरुमा उपचारको क्रममा प्रयोग गरिने औषधी बाहेकका प्रविधिजन्य स्वास्थ्य सामग्रीहरु अनिवार्यरुपमा दर्ता हुनुपर्ने छ।

    images

    यस्तै अस्पतालमा विरामीको उपचारको क्रममा प्रयोग गरिने सिरिन्ज, ब्लड कलेक्सन ट्युव व्याग मुटुको उपचारमा प्रयोग गरिने पेसमेकरहरुसमेत अनिवार्य रुपमा औषधि ब्यवस्था विभागमा दर्ता गर्नुपर्ने छ। 

    औषधी व्यवस्था विभागले सो सम्बन्धि सूचना निकाल्दै उपचारको क्रममा प्रयोग गरिने औषधी बाहेकका प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणहरु उत्पादन तथा व्यवसाय गर्नेले तीन महिना भित्र विभागमा गएर दर्ता गर्न आग्रह गरेको हो ।  

    `प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणहरुको बिकी वितरण गर्दै आएका वा चाहने व्यक्तिहरुले थोक वा खुद्रा फर्म यस विभागमा दर्ता गर्नु र गराउनु हुन यो सूचना प्रकाशित भएको मितिवाट ३ महिना भित्र विभागबाट तोकिएको कागजातहरु सहित निवेदन दिनु हुन मिति २०८१।०७ ।२३ को विभागीय निर्णयानुसार सम्बन्धित सरोकारवालाहरु सबैमा जानकारी गराइन्छ।’ प्रकाशित सूचनामा भनिएको छ।

    स्वास्थ्य उपचारमा प्रत्यक्ष रुपमा प्रयोगमा आउने प्रविधिजन्य स्वास्थ्य सामग्री गुणस्तर र मूल्यको एकीन गर्ने मुख्य उद्देश्यले सात वर्षअघि सरकारले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका, २०७४ ल्याएको थियो।

    तर, निर्देशिका कार्यान्वयन भने हुन सकेको थिएन।विभागका महानिर्देशक नारायण ढकालले २०७४ मा बनेको निर्देशिकालाई कार्यान्वयनमा ल्याइएको जानकारी दिए। विभागले औषधी तथा औषधीजन्य पदार्थको भने नियमन गर्दै आइरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend