मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना

सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना

images
२०८१ मंसिर ३ गते, सोमवार
२०८१ मंसिर ३ गते, सोमवार
  • काठमाडौं। थारु समुदायको प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ।

    images

    आइतबारबाट प्रतिष्ठानमा भर्ना हुनेका लागि १० बेड र दिवा उपचारका लागि ५ बेडसहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले जानकारी दिए।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत कार्तिक २० गते मन्त्रीस्तरीय निर्णय गर्दै भेरि अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गरेका थिए। यसलगत्तै थारुबहुल क्षेत्र दाङको घोराहीमासमेत सिकलसेल उपचारका लागि बेग्लै वार्ड स्थापना गरिएको हो। मन्त्री पौडेलले एक समुदायकै प्रमुख स्वास्थ्य समस्यासँग जुध्नका लागि आवश्यक सबै विकल्प अपनाउने बताएको एक महिनाकै बीचमा थप अर्को ठूलो सरकारी अस्पतालले वार्ड स्थापना गरेको हो।

    यससँगै थारु समुदायमा वंशाणुगत समस्याका रुपमा रहेको सिकलसेल उपचारका लागि उनीहरुको बसोबास रहेका प्रमुख दुवै क्षेत्रमा बेग्लै वार्डमार्फत उपचार शुरु भएको छ।

    मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित पाइएको छ। यसअघि दिउँसो मात्र उपचार गर्ने गरिएकामा भर्नाका लागि पर्याप्त व्यवस्था गरिएकाले अब प्रतिष्ठानबाट उपचार सहज हुने उपकुलपति देवकोटाले जानकारी दिए।

    औषधी निःशुल्क उपलब्ध गराउने तयारी

    मन्त्री पौडेलले सिकलसेलको औषधीसमेत निःशुल्क उपलब्ध गराउने गरी तयारी भैरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए। विपन्न समुदायका नागरिक धेरै प्रभावित भएको सिकलसेलका लागि औषधी नै उपलब्ध गराउने योजना अन्तर्गत काम भैरहेको उनले बताएका थिए।

    हाल लाक्षणिक आधारमा सिकलसेलको उपचार हुँदै आइरहेको छ। औषधी वितरण गर्ने सरकारको योजनालाई समर्थन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत औषधी निःशुल्क हुने बताएका थिए। उनले भरतमा प्रयोग भैरहेको औषधि ल्याउने तयारी भैरहेकोसमेत बताएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend