मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कीर्तिपुरको मेयरमा २० जना मैदानमा : कुन दलबाट को उम्मेदवार?

कीर्तिपुरको मेयरमा २० जना मैदानमा : कुन दलबाट को उम्मेदवार?

images
२०८१ मंसिर ३ गते, सोमवार
२०८१ मंसिर ३ गते, सोमवार
  • काठमाडौं। आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा २० जनाको उम्मेदवारी दर्ता भएको छ।

    images

    आइतबार भएको उम्मेदवारको मनोनयन दर्ताका क्रममा कीर्तिपुरमा २० जना उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको हो। निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार ८ जन विभिन्न दलबाट र १२ जना स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ।

    images

    `नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका दलहरूबाट ८ र १२ जना स्वतन्त्रसमेत गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ,´ निर्वाचन अधिकृत रानाले भनिन।

    कीर्तिपुरको प्रमुख पद (मेयर) का लागि सत्तारूढ नेपाली कांग्रेसबाट पार्टीका कीर्तिपुर नगर सभापतिसमेत रहेका कृष्णमान डङ्गोलको उम्मेदवारी दर्ता भएको छ। यस्तै सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट केन्द्रीय सदस्यसमेत रहेका सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन।

    यसैगरी नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्राध्यापक शिवशरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्जिनियर ध्रुव महर्जन, जनमत पार्टीका केशव श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका दीपक महर्जन, नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जन, नेकपा (एकीकृत समाजवादी)का भानु रिजालले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ।

    यस्तै स्वतन्त्रतर्फ एकजना यौनिक अल्पसङ्ख्यकसहित १२ जनाको उम्मेदवारी परेको छ। स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा नवरथ बानियाँ, राजमान महर्जन, दिनेशकुमार अधिकारी, आनन्द महर्जन, कविकुमार महर्जन, नरेशराज पाण्डे, नरेश श्रेष्ठ, मीम महर्जन, दीपक महर्जन, रामकृष्ण महर्जन, प्रेमकुमार महर्जन र धर्मराज मानन्धर छन्।

    कीर्तिपुर नगरपालिकामा गत स्थानीय निर्वाचनमा कांग्रेसबाट निर्वाचित उम्मेदवार राजकुमार नकर्मीको गत साउन १० गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend