तनहुँ। तनहुँमा आइतबार विपरीत दिशाबाट आइरहेका दुई बस एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन।
पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३४८७ र काठमाडाैंबाट पोखरा आउँदै गरेको गरेको गण्डकी एए००७० नम्बरको बस तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. ५ गोरे चौतारा घुम्तीस्थित पृथ्वीराजमार्गमा एकापसमा ठोक्किंदा दुर्घटना भएको थियो।
दुर्घटनामा परेर मृत्यु हुने ब्यक्ति काठमाडौंबाट पोखरा आउँदै गरेको बसका चालक रामबहादुर परियार हुन। उनी तनहुँको ऋषिङ पाटन घर भई पोखराको चाउथे बस्दै आएका उनी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। उपचारका लागि डुम्रेस्थित लक्ष्मी अस्पतालमा ल्याइएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।
सो दुर्घटनामा परेर घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं १० की ४३ वर्षीया लक्षिन गुरुङ, पोखरा-१७ की ३६ वर्षीया दुर्गा रोका, ४९ वर्षीया निर्मला भुजेल, ४१ वर्षीय सञ्जय गुरुङ, पोखरा-१२ की ४४ वर्षीया बिजुली गुरुङ, २५ वर्षीया कमला गुरुङ, ३९ वर्षीया वसन्ती गुरुङ, ४५ वर्षीया लक्ष्मी गुरुङ, ४० वर्षीया गंगा गुरुङ ४५ वर्षीय शिव जोशी, ३७ वर्षीया ज्योती गुरुङ छन्।
यसैगरी स्याङ्जा फेदीखोला-४ की ५५ वर्षीय चन्द्रकुमारी गुरुङ, पुतलीबजार-१३ का २५ वर्षीय सुरज तिवारी, बाँकेका ४४ वर्षका शिवलाल न्यौपाने, १६ वर्षीया निर्मला शाही, बाके कोहलपुरकी २१ वर्षकी बिनिता विक, बाँके बैजनाथका २४ वर्षका किरण बुढा, १३ बर्षका रिजु बाठा मगर, १५ वर्षकी ज्ञानु थारु, ललित खत्री, मायास सिंजापती मगर, उनकी छोरी बर्ष ६ की गुरास घर्ती र वर्ष १८ का निखिलनाथ योगी छन्।
यसैगरी भे१ख ३४८७ नम्बर बसका चालक बाँके कोहलपुर-१० का ३७ वर्षका किशोरजंग शाही पनि दुर्घटनामा घाइते भएका छन्।
यस्तै तनहुँ म्याग्दे गाउँपालिका वडा नं ३ का वर्ष ३० का रमेश रानाभाट, बर्ष ५१ की उजेली रानाभाट, बाके बैजनाथ-६ की बर्ष १४ की विद्या पुन मगर, गोरखा नगरपालिका-८ का २० वर्षीय विवेक कंडेल र भक्तपुर चागुनारायण-५ की ३५ वर्षीया वविता थापा पनि दुर्घटनामा घाइते भएका छन्।
घाइतेको डुम्रेस्थित मोती अस्पताल र लक्ष्मी अस्पताल उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।



