मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल प्रहरीका तीन एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका तीन एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

images
एक्सरे नेपाल
२०८१ मंसिर २ गते, आइतवार
एक्सरे नेपाल
२०८१ मंसिर २ गते, आइतवार
  • काठमाडौं। नेपाल प्रहरीका प्राविधिकतर्फका तीन जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन।

    images

    गृह मन्त्रालय अन्तर्गत रहेको बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले तीन जना प्राविधितर्फका एसएसपीलाई डीआईजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो।

    images

    जसअनुसार एसएसपी डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. संजिता दाहाल (घिमिरे) डीआईजी बढुवाका लागि सिफारिसमा परेका छन।

    नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमुह चिकित्सकतर्फ रिक्त प्रहरी नायब महानिरीक्षक पद संख्या ३ मा बढुवा गर्न आइतबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई सोही समूह तर्फको प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको बढुवा सिफारिस समितिको सचिवालयले प्रकाशित गरेको सुचीमा उल्लेख छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend