मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, किन मौन छ स्वास्थ्य मन्त्रालय?

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, किन मौन छ स्वास्थ्य मन्त्रालय?

images
२०८१ मंसिर २ गते, आइतवार
२०८१ मंसिर २ गते, आइतवार
  • काठमाडौं। भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको वेतिथिविरुद्ध स्थानीयवासीले बिहीबार पनि प्रदर्शन जारी राखेका छन्। डेढ महिनादेखि भइरहेको आन्दोलन आइतबार पनि जारी छ।

    images

    भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ।

    images

    अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्नुपर्ने, केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पतालभित्र हुने सबै प्रकारका सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीको रोकिएको तबभत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ।

    स्वास्थ्यमन्त्री प्रदीप पौडेल नै प्रत्यारोपण केन्द्रभित्र भइरहेका वेतिथिहरुको संरक्षणमा लागिपरेको उनीहरुको आरोप छ।

    पौडेल मन्त्री नियुक्त भएपछि अस्पतालमा आयोजित कार्यक्रममा पुग्दा नै अस्पतालको बेथिति बारे जानकारी पाएका थिए। उनी त्यहा पुग्दा प्रदर्शनकारीले विरोध नै गरेका थिए। तर सो विषयमा उनले मुख खोलेका छैनन। त्यसयता पनि मन्त्री पौडेलसँग आन्दोलकारीले भेट्दै आएका छन।

    केन्द्रमा रहेका बेथितिहरूका विषयमा मन्त्री पौडेललाई पटकपटक जानकारी गराए पनि विवादमा मुछिएका अस्पतालका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई कारवाही नगरेकोमा स्थानीय अगुवा राजेन्द्र पुरीले आपत्ति प्रकट गरे।

    अस्पतालको सेवा सुविधा रोक्ने, आफूखुसी डाक्टरहरू बर्खास्त गर्ने साथै अवैधानिकरूपमा मानव अंग प्रत्यारोपण गर्नेलाई मन्त्रीले संरक्षण गरेकोमा आफूहरू अचम्मित परेको उनले बताए। डा.श्रेष्ठलाई वर्खास्त नगरेसम्म आन्दोलन जारी राख्ने पुरीले बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend