मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

तामझामसहित उम्मेदवारी दर्ता गर्न जाँदै गर्दा खोसियो टिकट

तामझामसहित उम्मेदवारी दर्ता गर्न जाँदै गर्दा खोसियो टिकट

images
२०८१ मंसिर २ गते, आइतवार
२०८१ मंसिर २ गते, आइतवार
  • काठमाडौं। कीर्तिपुर नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्न जाँदै गर्दा एक जना उम्मेदवारको टिकट खोसिएको छ।

    images

    नेकपा माओवादी केन्द्रबाट सो वडाको वडा अध्यक्ष पदका लागि टिकट पाएका अष्टमान महर्जनको उम्मेदवारी दर्ताका लागि तामझामसहित  निर्वाचन कार्यालय जाँदै गर्दा पार्टीले टिकट खोसेको हो।

    images

    सो वडामा माओवादी केन्द्रले जसपालाई सहयोग गर्ने निर्णय भएपछि अष्टमानको टिकट फिर्ता भएको हो। आफू उम्मेदवार बनेको दलले जसपाका उम्मेदवार सरल महर्जनलाई सघाउने खबर पाएका थिए।

    `मलाई उम्मेदवार बनाएकाले म उम्मेदवारी दिन जाँदै थिएँ, तर पार्टीले जसपाको उम्मेदवारलाई सघाउने निर्णय गरेको थाहापाएँ, पार्टीले गरेको निर्णय मैले मानेको हुँ,´ अष्टमानले भने।

    उनी टिका, खादा र माला लगाएर आफ्ना समर्थकहरुसहित उम्मेदवारी दर्ता गर्न जाँदै थिए। त्यही क्रममा जसपाले उम्मेदवार बनाएका सरल माओवादी केन्द्रकै र्‍यालीमा मिसिन आइपुगेका थिए। त्यसपछि अष्टमानले सरललाई शुभकामना दिंदै फोटो खिचाएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend