काठमाडौं। कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी)को उम्मेदवारी परेको छ।
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुरको मेयर पदमा जसपा नेपालले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाटसमेत प्रतिनिधित्व हुने गरि तेस्रो लिङ्गी महिला हनीलाई उम्मेदवार बनाएको हो। उनले आइतबार उम्मेदवारी दर्ता गराएका हुन।

यसैगरी कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदका लागि राजीव महर्जन (मौनी) ले उम्मेदवारी दिएका छन्।
उनीहरुले आइतबार कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। दुबैले निर्वाचन कानुन अनुसार उम्मेदवारी दर्ता गराउँदा दर्ता शुल्कमा तोकिएको रकममा ५० प्रतिशत छुट पाएका छन। उनीहरुले शनिबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका थिए।

जसपाले पिछडिएका समुदाय, सीमान्तकृत समुदाय र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई अगाडि ल्याउनका लागि दुवै जना तेस्रो लिङ्गीलााई उम्मेदवार बनाएको जनाएको छ।



