मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता धमाधम

स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता धमाधम

images
२०८१ मंसिर २ गते, आइतवार
२०८१ मंसिर २ गते, आइतवार
  • काठमाडौं। १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता जारी छ।

    images

    निर्वाचन आयोगले आज विहान १० बजेदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको जनाएको छ। उम्मेदवारी दर्ताको समय साँझ ५ बजेसम्म तोकिएको आयोगकी सहसचिव एवं प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन्।

    images

    आज उम्मेदवारी दर्ता भएपछि (भोलि) ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ मंसिर बेलुकासम्म उजुरी उपर जाँचबुझ गरी आयोगले निर्णय दिनेछ। त्यस्तै ५ मंसिरको दिन उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

    आयोगका अनुसार त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने उम्मेदवारलाई निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ। १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ।

    ४४ पदका लागि  हुन लागेको उपनिर्वाचनका लागि ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। २ जिल्ला समन्वय समिति प्रमुख, एक/एक नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend