मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो: गगन थापा

पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो: गगन थापा

images
२०८१ मंसिर १ गते, शनिवार
२०८१ मंसिर १ गते, शनिवार
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन्। शनिबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

    images

    थापाले सबै नेता तथा कार्यकर्तालाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रह समेत गरे। उनले हरेक गाउँटोलसम्मै पार्टीभित्र चरम गुटबन्दी रहेको बताए। गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चँदै जाने निश्चित रहेको उनले उल्लेख गरे।

    images

    महामन्त्री थापाले राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्नेमा जोड दिए। उनले वैदेशिक रोजगारीले जीविकोपार्जन मात्र भइरहेको भन्दै कृषि क्षेत्रको विकास नभई देश समृद्ध नबन्ने बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend