मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाग्मती सफाइको ६०१ हप्ता, नदी उस्तै

बाग्मती सफाइको ६०१ हप्ता, नदी उस्तै

ढलमुक्त नगर्दा समस्या

images
२०८१ मंसिर १ गते, शनिवार
२०८१ मंसिर १ गते, शनिवार
  • काठमाडौं। राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बाग्मती सफाइ महाअभियान ६०१ हप्ता प्रवेश गरे पनि काठमाडौं उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन।

    images

    विसं २०७० जेठ ५ गते सुरु भएको बाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिवार निरन्तर बाग्मती किनारमा सफाइ हुँदै आएको छ। जति सफाइ गरे पनि बाग्मती सफा नदेखिएपछि ‘हिँड्दैछ, पाइला मेट्दैछ’ भनेर पनि कतिले यो महाअभियानलाई व्यङ्ग्य गर्ने गरेका छन्।

    images

    सुरुआती चरणदेखि महाअभियानमा जुटेका अभियानकर्मी किशोरसिंह शाही ढलको व्यवस्था नगरी सिधै फोहर पानी नदीमा हाल्दा जति सफाइ गरे पनि बाग्मती सफा देखिन नसकेको बताउँछन्।

    बाग्मतीको मुहानदेखिकै स्थानीय सरकारले माथिल्लो भेगबाटै आउने फोहर अझै व्यवस्थापन गर्न नसक्नु, पशुपति क्षेत्रको आर्यघाटबाट निस्कने फोहरलाई अझै पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन नगर्नु र फोहर पानी प्रशोधन केन्द्रले राम्रोसँग काम नगर्नुजस्ता कारणले अझै बाग्मती सफाइ हुन नसकेको उनको निष्कर्ष छ। महाअभियान नागरिकस्तरबाट सुरु गरी जागरण गर्दा पनि स्थानीय सरकारले फोहर व्यवस्थापनमा चासो नदेखाउँदा प्रभावकारी सफाइ हुन सकेको छैन।

    सफाइ अभियानकर्मी चक्रबहादुर चन्द १२ वर्षअघिको अवस्थाबाट बाग्मतीमा सफाइको अवस्थामा सुधार गर्न सकिए पनि आशातीत काम भने हुन नसकेको बताउँछन्। ढलमुक्त गराउन भने सरकारले नसकेको उनले स्वीकार गरे। अधिकार सम्पन्न बाग्मती समितिले एक वर्षमा गुह्येश्वरीसम्म ढलमुक्त गर्ने प्रतिबद्धता जनाएको बताए। समितिले गुह्येश्वरीसम्मका छ ठाउँमा ढल मिसिइरहेकामा तीन ठाउँमा बन्द गराइसकेको जनाइएको छ।

    बाग्मती सफाइ महाअभियानको ६०१ हप्ताको आजको सफाइ काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगरमा गरिएको थियो। बाग्मती सफाइ अभियानकर्मीको समूहले गरेको सफाइसँगै आज त्यस क्षेत्रका बाग्मती किनारमा रोपिएका बोट विरुवा गोड्मेल पनि गरिएको थियो।

    बाग्मती नदीबाट नकुहिने फोहर पनि व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend