मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ग्रस कलेक्सन रिपोर्टमा झेल : आजबाट यी २० हलबाट पुर्णबहादुरको सारङ्गी उतारियो

ग्रस कलेक्सन रिपोर्टमा झेल : आजबाट यी २० हलबाट पुर्णबहादुरको सारङ्गी उतारियो

images
२०८१ मंसिर १ गते, शनिवार
२०८१ मंसिर १ गते, शनिवार
  • काठमाडौं। नेपाली चलचित्र उद्योगमा सनसनी मच्याउँदै अगाडी बढिरहेको चलचित्र पुर्णबहादुरको सारङ्गी आजदेखि २० हलबाट उतारिएको छ।

    images

    ती २० सिनेमा हलहरुले चलचित्र चलाउँदा उठेको रकमको ग्रस कलेक्सनमा झेल गरेको भन्दै निर्माताले आज मंसिर १ गतेबाट चलचित्र उतारिएको जानकारी दिए। ती सिनेमा हलहरूले उपलब्ध गराएको ग्रसकलेक्सन रिपोर्ट चित्तबुझ्दो नभएपछि निर्माण पक्ष असन्तुष्ट देखिएको हो।

    images

    सेभेन सिस सिनेमा परिवारले शुक्रवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘केही सिनेमा घरहरूले चलचित्र पूर्णबहादुरको सारङ्गी हाउस फूल अकुपेन्सीमा प्रदर्शन भए पनि निर्माण पक्षलाई ग्रसकलेक्सन रकमको रिपोर्ट उपलब्ध गराए पनि निर्माण पक्ष उक्त रिपोर्टप्रति असहमत हुँदै सम्बन्धित हलबाट मंसिर १ गते शनिवारबाट नै सिनेमा उतार्ने निर्णयमा पुगेको छ।’ 

    सेभेन सिसले ती हलबाट सिनेमा उतार्ने निर्णयले दर्शकमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ। सिनेमा हेर्न इच्छुक दर्शकहरूले नजिकैको अर्को हलमा गएर हेरिदिन समेत निर्माण पक्षले आग्रह गरेको छ। 

    यी सिनेमा हलहरुबाट उतारिदैछ आजदेखि चलचित्र पुर्णबहादुरको सारङ्गी

    १. अरुण हल, विराटनगर
    २. निलम सिनेमाज, जनकपुर
    ३. विना हल, लालबन्दी
    ४.गोरखा हल, गोरखा
    ५. बर्दिबास हल, बर्दिबास
    ६.विराटचोक हल, मोरङ
    ७.सीवी हल, इनरुवा
    ८.दीपक हल, बरहथवा
    ९. द्वारिका हल
    १०. हिमालय हल, विराटनगर
    ११.चरिकोट हल, दोलखा
    १२.एभरेस्ट हल, राजगढ
    १२. धनकुटा हल, धनकुटा
    १३.फिदिम हल, पाँचथर
    १४. त्रिशूली, नुवाकोट
    १६. इलाम हल, इलाम
    १७.लभकुश हल, महेन्द्रनगर
    १८. त्रिमुली हल
    १९. गिरिराज हल, जनकपुर 
    २०.पाथीभरा हल, दमक 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend