मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आफ्नै पार्टीका सांसद बजगाईँलाई कारवाही गर्न पर्यटन मन्त्रीले दिए कांग्रेसमा उजुरी

आफ्नै पार्टीका सांसद बजगाईँलाई कारवाही गर्न पर्यटन मन्त्रीले दिए कांग्रेसमा उजुरी

images
२०८१ कार्तिक ३० गते, शुक्रवार
२०८१ कार्तिक ३० गते, शुक्रवार
  • काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईंविरूद्ध कारबाही गर्न माग गरेका छन्।

    images

    कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले आफ्नै पार्टीका सांसद बजगाईंले शृङ्खलाबद्ध रुपमा आफू विरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रिय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन्।

    images

    अनुशासन समितिमा विहीवार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यबसायी  बजगाईँले आफू मन्त्री नियुक्त भएदेखि नै शृखलावद्ध रुपमा विभिन्न आरोप लगाएको उल्लेख गरेका छन।

    उजुरीमा भएिको छ,`नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावना माथि मात्र गम्भिर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ।´

    बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जलमा पोस्ट गरे पछि त्यसलाई लिएर केही अनलाइनहरुले समाचार प्रकाशित गरेका थिए।

    सो सम्बन्धी समाचार सार्वजनिक भए लगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यस विरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिए पछि सांसद बजगाइँले पाण्डे विरुद्धका सबै पोस्टहरु केही घण्टा पछि नै सामाजिक सञ्जालबाट हटाएका थिए।

    लिखित उजुरीमा भनिएको छ, `मन्त्रीको सपथ ग्रहण भएको मितिदेखि श्रृङ्खलाबद्ध रुपमा मन्त्रालयको कामकारवाही र मेरो व्यक्तिगत चरित्र र मानमर्यादामा आँच पुग्ने गरी कुत्सित मनसायका साथ घुस/रिसवत जस्तो गम्भीर आरोप लगाई, कुप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचारण र ख्यातिमा दोष लगाउने जस्ता कलुसित, अमर्यादित र गैर कानूनी कार्य गरी आउनुभएको छ। यस कार्यले नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पुर्याएको छ।´

    उजुरीमा भनिएको छ, `म आफ्नो व्यक्तिगत र राजनीतिक जीवनलाई निष्ठा इमानदारी र नैतिकताको मार्गमा अविचलित रूपमा अगाडि बढाइरहेको छु। नेपाली कांग्रेस पार्टी र शीर्ष नेतृत्वले देखाएको त्याग समर्पण र नैतिकताको बाटोको पदचिन्हलाई पछ्याउँदै आफ्नो राजनीतिक यात्रामा आफुलाई समर्पित गरिरहेको छु।
    मेरो निष्ठा र इमानको बाटोलाई कुनै पनि प्रकारको दाग लाग्न नदिन दृढ सङ्कल्पित छु। माननीय बजगाईका अवाञ्छित अराजक र गैरकानूनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धती मर्यादा, कानुन र अनुशासनको समेत गम्भिर उलङ्घन गरेको छ।´ उजुरीमा भनिएको छ।

    पाण्डेले अघि लेखेका छ्न,`प्रतिनिधि सभा सदस्यले पदीय मर्यादा र गरिमा समेतको ख्याल नगरी मिति २०८१ कात्तिक २७ गते आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल ट्विटर (एक्स) र फेसबुक मार्फत निन्दनीय भाषामा लगाएको आधारहीन फरेवपूर्ण कलुषित तथा गैरकानूनी आरोपलाई चुनौती दिँदै सत्यतथ्यको उजागर गराई, यस खालका अमर्यादित अवाञ्छित अराजक तथा गैरकानूनी कार्यमाथि अनुसन्धान गरी आवश्यक कारवाही गरिदिनु हुन अनुरोध गर्दछु।´

    सांसद बजगाईंले क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा मन्त्रीले करोडौँ रुपैयाँ घुस लिएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका थिए। सांसद बजगाईँले उक्त पैसाबाट मन्त्रीले घर किनेको समेत आरोप लगाएका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend