मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बढ्यो डिजेल र मट्टीतेलको मूल्य

बढ्यो डिजेल र मट्टीतेलको मूल्य

images
२०८१ कार्तिक ३० गते, शुक्रवार
२०८१ कार्तिक ३० गते, शुक्रवार
  • काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगम संचालक समितिको शुक्रबार बसेको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ बढाउने निर्णय गरेको हो।

    images

    अब डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ।

    images

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ।
     
    इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ३२ पैसा र डिजेलमा २ रुपैयाँ ५४ पैसा बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ। पेट्रोल र ग्यासको मूल्य भने यथाव राखिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend