मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

झापामा रगत अभाव

झापामा रगत अभाव

images
२०८१ कार्तिक ३० गते, शुक्रवार
२०८१ कार्तिक ३० गते, शुक्रवार
  • झापा।अस्पतालमा बिरामीको चाप बढेसँगै जिल्लामा रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ।

    images

    जिल्लाका अस्पतालहरुमा दैनिक ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ। हाल रक्तसञ्चार केन्द्र विर्तामोड, बिएण्डसी र भद्रपुरमा गरी ६६ यूनिट मात्र रगत मौज्दात रहेको रेडक्रसका रक्तसञ्चार प्रमुख शिशिर दाहालले बताए।

    images

    उनका अनुसार क्यान्सर, एनिमिया, थालासेमियालगायतका बिरामीलाई हप्तैपिच्छे रगत लगाउनुपर्ने हुँदा पनि जिल्लामा रगत धेरै खपत हुने गरेको छ। उनले साउन, भदौ र असोजमा ४ हजार २८५ युनिट रगत खपत भएको जानकारी दिए। 

    `चाडपर्वका कारण कुनै सङ्घ संस्थाले रक्तदान कार्यक्रम गर्न सकेका छैनन्´, उनले भने, `अब रक्तसञ्चार केन्द्रमा एक दिनलाई मात्र पुग्ने रगत छ।´

    उनले विगतमा जस्तो रक्तदान गर्ने युवासमेत घटेको बताए। धेरै युवा वैदेशिक रोजगार र अध्ययनका क्रममा विदेशिँदा रगत सङ्कलनमा कमी हुन थालेको उनको विश्लेषण छ।

    जिल्लामा सबैभन्दा बढी ‘ओ’ पोजेटिभ रगत खपत हुने गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा रेडक्रसले सञ्चालन गरेका तीन रक्तसञ्चार केन्द्रबाट १५ हजार ५७६ यूनिट रगत बिरामीलाई उपलब्ध गराइएको थियो। सो अवधिमा ३ हजार युनिट सेतो रगतसमेत खपत भएको छ।

    एक वर्षमा १३७ वटा रक्तदान कार्यक्रममार्फत ५ हजार ५८ स्वयमसेवी रक्तदाताले रक्तदान गरेका थिए। सो अवधिमा ८ हजार ५२ रक्तदाताले विर्तामोडको पञ्चकन्या, विएण्डसी र भद्रपुर रक्तसञ्चार केन्द्रमा आएर रक्तदान गरेका थिए। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend