मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालको विद्युत बंगलादेशमा निर्यात सुरु, किन आज एक दिन मात्रै निर्यात?

नेपालको विद्युत बंगलादेशमा निर्यात सुरु, किन आज एक दिन मात्रै निर्यात?

तीन देशका उर्जा मन्त्रीले गरे भर्चुअल उद्घाटन

images
२०८१ कार्तिक ३० गते, शुक्रवार
२०८१ कार्तिक ३० गते, शुक्रवार
  • काठमाडौं। नेपालको विद्युत बंगलादेश निर्यात सुरु भएको छ। नेपाल भारत र बंगलादेशका उर्जा मन्त्रीले संयुक्त रुपमा आज शुक्रबार विद्युत निर्यात कार्यक्रमको उद्घाटन गरेका छन।

    images

    भारतका मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट दीपक खड्काले भर्चुअल रूपमा निर्यातको सुरुआत गरेका हुन।

    images

    यसअघि १७ असोजमा नै सहमति भए पनि भारतले ठोस निर्णय नदिंदा बंगलादेश विद्युत निर्यात गर्ने काम अनिश्चित बनेको थियो। आज उद्घाटन भएसँगै अब नेपालले तेस्रो मुलुकमा नेपालको बिजुली बेच्ने प्रक्रियाको औपचारिक थालनी भएको छ। आजबाट नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात भएको हो।

    नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले निर्यात सुरुवातका लागि आज उद्घाटन भए पनि आज एक दिन निर्यात भएपछि भोलिबाट भने निर्यात २०२५ नलाग्दासम्म रोकिने जानकारी दिए। आज राती १२ बजेसम्म अर्थात करिब ११ घण्टा मात्रै बंगलादेशलाई विद्युत दिइने छ। यो समयमा ३८ लाख ३२ हजार ४ सय रुपैयाँ नेपाललाई प्राप्त हुने प्रवक्ता घोषले जानकारी दिए।

    त्रीदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने उल्लेख छ। यस वर्षको अर्थात २०२४ को आजै १५ नोभेम्बर भएकाले आज उद्घाटन मात्रै गरिएको हो। यसअघि नेपालबाट भारतमा मात्रै बिजुली निर्यात गरिएको थियो।

    नेपाल विद्युत् प्राधिकरणले करिब ८ रुपैयाँ ६४ पैसा प्रतियुनिट (६.४० अमेरिकी सेन्ट) का दरले बंगलादेशको बीपीडीबीलाई विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा उल्लेख छ। सम्झौता अनुसार बिजुली निर्यातबाट मुलुकलाई प्रतिमहिना करिब ३३ करोड आम्दानी हुने छ।

    प्राधिकरणका अनुसार १५ जुनदेखि १५ नोभेम्बरको कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुने छ। प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर नेपाललाई आम्दानी हुने छ।

    सम्झौता अनुसार बंगलादेश निर्यात् हुने विद्युत् नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बंगलादेश पठाउने छ। वर्षायाममा पठाइने सम्झौतामा नै उल्लेख भएका कारण आज एक दिन उद्घाटन मात्रै गरेर अर्को वर्ष २०२५ मा निर्यात गरिने भएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend