मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपति पौडेल बाकुबाट फर्कदै, आज आइपुग्ने

राष्ट्रपति पौडेल बाकुबाट फर्कदै, आज आइपुग्ने

images
२०८१ कार्तिक ३० गते, शुक्रवार
२०८१ कार्तिक ३० गते, शुक्रवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर आज स्वदेश फर्कदै छन।

    images

    २५ कात्तिकमा बाकु प्रस्थान गरेका उनी बाकुबाट कतारको दोहा हुँदै आज स्वदेश फर्कदै छन।
    उनलाई बिहिबार बाकुको हैदर अलीएभ अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री तेमुर मुसाएभले बिदाइ गरेका थिए।

    images

    अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल गत सोमबार बाकु गएका थिए। भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ/सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता छ।

    राष्ट्रपति पौडेलले कोप २९ अन्तर्गत मंगलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए। सो अवसरमा उनले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गरेका थिए।

    कोप २९ मा भाग लिन राष्ट्रपति पौडेल कात्तिक २५ गते आइतबार काठमाडौँबाट दोहाको लागि प्रस्थान गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend