मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

देशभर करिब १५ हजार डेंगु सङ्क्रमित : कहाँ कति पुग्यो?

देशभर करिब १५ हजार डेंगु सङ्क्रमित : कहाँ कति पुग्यो?

images
२०८१ आश्विन १८ गते, शुक्रवार
२०८१ आश्विन १८ गते, शुक्रवार
  • काठमाडौं। वर्षायाम बढेसँगै देशभर डेंगु संक्रमितको संख्या पनि करिब १५ हजारको नजिक पुगेको छ।

    images

    शुक्रबारको तथ्यांक अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या १४ हजार ९७५ पुगेको हो। यस्तै अवस्था रहीरहे यो संख्या केही दिनमा नै १५ हजार भन्दा बढी पुग्ने अनुमान छ।

    images

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकणर्प्रसाद दाहालका अनुसार शुक्रबार साँझसम्म देशभर १४ हजार ९७५ जनामा डेंगु रोगको सङ्क्रमण देखिएको हो।

    ‘पानी निरन्तर परिरहेको छ, खुला स्थानमा पानी जम्ने अवस्था पनि बढ्दो छ, त्यसले डेंगु संक्रमणलाई झनै बढाउने अवस्था छ,’ दाहालले भने, ‘संक्रमण कम गर्न सबैले आआफ्ना ठाउँबाट ध्यान दिनु पर्छ।’

    पछिल्लो समय देशका विभिन्न स्थानमा भारी वर्षा भएसँगै अस्पतालहरुमा भीडभाड बढेको छ। अस्पताल पुग्ने धेरैजसो बिरामीमा डेंगु पुष्टी भइरहेको छ। राजधानी काठमाडौंका वीर अस्पताल, टिचिङ, अस्पताल, पाटन अस्पताल, टेकु अस्पताल लगायतमा डेंगुबाट संक्रमित बिरामीहरुको संख्या बढेको छ।

    डेंगु संक्रमणमा परी हालसम्म सात जनाको निधनसमेत भइसकेको छ। कोशी प्रदेशमा डेंगुबाट सक्रमितको संख्या एक हजार ३२९ पुगेको छ। यस्तै मधेस प्रदेशमा २८६, बागमती प्रदेशमा ४८९, गण्डकी प्रदेशमा छ हजार ९२० जनामा डेंगु संक्रमण पुष्टी भएको छ। यस्तै काठमाडौं उपत्यकामा मात्रै दुई हजार ९९८ जनामा डेंगु देखिएको छ।

    यसैगरी लुम्बिनी प्रदेशमा ९९५, कर्णाली प्रदेशमा २२० र सुदूरपश्चिम प्रदेशमा ७३६ जनामा डेंगु संक्रमण देखिएको छ।

    माथी उल्लेखित तथ्यांक अनुसार सबै भन्दा बढी डेंगु संक्रमितको संख्या गण्डकी प्रदेशमा देखिएको छ। गण्डकी प्रदेशपछि सबै भन्दा बढी काठमाडौं उपत्यकामा छ। काठमाडौं उपत्यका अन्तर्गत काठमाडौं जिल्लामा एक हजार ९८६ जनामा तथा भक्तपुर २२३ र ललितपुरमा ४८९ जनामा सङ्क्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रहसमेत गरिरहेको छ।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend