मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंमा असुरक्षित बालगृह : ११ जना बालबालिकाको उद्धार

काठमाडौंमा असुरक्षित बालगृह : ११ जना बालबालिकाको उद्धार

images
२०८१ कार्तिक ३० गते, शुक्रवार
२०८१ कार्तिक ३० गते, शुक्रवार
  • काठमाडौं। काठमाडौँ महानगरपालिकाले काठमाडौंमा रहेका असुरक्षित बालगृहबाट ११ जना बालबालिकाको उद्धार गरेको छ।

    images

    महानगरपालिकाले मंगलबार र बुधबार गरेर काठमाडौंका विभिन्न बालगृहमा असुरक्षित रुपमा रहेका ११ जना बालबालिकाको उद्धार गरेको हो। यस्तै जोखिमपूर्ण श्रमबाट १ जना बालककोसमेत उद्धार गरिएको महानगरपालिकाले जनाएको छ।

    images

    मंगलबार काठमाडौं महानगरपालिका १ मा रहेको खाजा घरबाट जोखिमपूर्ण श्रममा भेटिएका १४ वर्षीय बालकलाई उद्धार गरिएको महानगरपालिकाले जनाएको छ।

    यस्तै बुधबार वडा नम्बर २ खुर्सानीटारमा रहेको बेसहारा असहाय बाल सुधार संघ नामक संस्थामा राखिएका १० जना बालक र १ बालिकाको उद्धार गरिएको हो।

    उद्धारपछि राष्ट्रिय बाल अधिकार परिषदले सबै बालबालिकाको अस्थायी संरक्षणको व्यवस्था मिलाएको छ।

    पहिलो चरणमा २४ जना बालक र २७ जना बालिका गरी ५१ जना बालबालिकाको उद्धार भएको महानगरको भनाइ छ।

    पहिलो चरणमा उद्धार गरिएका बालबालिकाहरूको घटना व्यवस्थापन गरेको महानगरपालिकाले दोस्रो चरणको बाल उद्धार कार्यक्रममा महानगरपालिकाको हटलाइन नम्बर ११८० मा प्राप्त भएका सूचनाका आधारमा काम थालेको जनाएको छ। 

    उद्धार गरिएकामध्ये परिवारमा फर्काउन सम्भव भएकालाई परिवारमा पुनर्स्थापना गरिएको छ भने परिवारमा फर्काउँदा सर्वोत्तम हित नहुने देखिएका बालबालिकालाई शिक्षा, स्वास्थ्य उपचारसहित दीर्घकालीन स्याहारको समेत प्रबन्ध गरिएको महानगरले जनाएको छ। 

    उद्धार गरिएका ५१ जनामध्ये २४ जना बालबालिकालाई परिवारमा पुनर्स्थापना गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend