मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आज पनि रुपन्देहीमै रबी : ७४ प्रश्न, साढें २३ घण्टा बयान

आज पनि रुपन्देहीमै रबी : ७४ प्रश्न, साढें २३ घण्टा बयान

images
२०८१ कार्तिक २९ गते, बिहिवार
२०८१ कार्तिक २९ गते, बिहिवार
  • काठमाडौं। रुपन्देहीस्थित सुप्रीम बचत तथा सहकारीको रकम अपचलन गरेको मुद्दामा पोखराबाट बयानका लागि रुपन्देही पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति  सभापति रबी लामिछानेको बयान सकिएको छ।

    images

    मंगलबार रुपन्देही पुर्याइएका उनलाई जिल्ला सरकारी वकिल कार्यालय लगेर तीन दिनमा साँढे २३ घण्टा बयान लिइएको हो। सो समयमा लामिछानेसँग सरकारी वकिल कार्यालयका वकिल र जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीहरुले सुप्रीम सहकारीको रकमबारे ७४ प्रश्न गरेका छन।

    images

    लामिछानेसँग मंगलबार पहिलो दिन ३ घण्टा ३५ मिनेट, दोस्रो दिन १० घण्टा र तेस्रो दिन १० घण्टा बयान लिइएको थियो। बयानका क्रममा पटकपटक एउटै प्रश्न गरिएको थियो।

    सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले तीन दिनमा लामिछानेसँग ७४ प्रश्न सोधिएको जानकारी दिएका हुन। उनीसँग मंगलबार मौखिक बयान लिइएको थियो भने बुधबार र बिहिबार लिखित रुपमा नै बयान लिइएको थियो।

    अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लामिछानेले बयानका क्रममा सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको इन्कारी बयान दिएका छन। लामिछानेले पोखरामासमेत आफुले सहकारीको रकम अपचलन नगरेको बयान दिएका थिए।

    रुपन्देहीमा समेत लामिछानेले सहकारी रकमका विषयमा जीबी राई र सागर केसीलाई सोध्नुपर्ने बयानमा भनेका हुन। केसी सुप्रिम सहकारीका व्यवस्थापक हुन। हाल जीवी र सागर दुबै फरार छन्। लामिछाने भने गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकको भुमिकामा थिए।

    प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा लामिछानेमाथि अनुसन्धान गरिरहेको हो।

    रुपन्देही प्रहरीले लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न जिल्ला अदालत रुपन्देहीबाट गत कात्तिक ८ गते अनुमति लिएको थियो। रुपन्देही प्रहरीले सो प्रकरणमा यस अघि नै पूर्वडीआइजी छबीलाल जोशीसँग बयान लिइसकेको छ।

    बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

    बिहीबारको बयानसँगै अब लामिछानेसँग रुपन्देहीमा लिने बयान सकिएको छ। बिहीबार ढिला बयान सकिएका कारण उनलाई आज रुपन्देहीमा नै राखिएको छ। उनलाई भोलि शुक्रबार बिहान पहिलो उडानबाट कास्कीको पोखरा लैजाने प्रहरीको तयारी छ।

    कास्की प्रहरीले लामिछाने विरुद्ध सहकारी  ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान गरिरहेको छ।

    लामिछाने २ कार्तिकदेखि अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा थिए। उनी २ कार्तिकमा काठमाडौबाट पक्राउ परेका थिए।

    जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका उनलाई प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगी आरोपमा बयान लिइसकेको छ भने बयानको प्रमाणिकरणसमेत सकिसकेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend