मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

घर बाहिर ताल्चा, भित्र तीन जनाको शव : अनुसन्धान गर्दै प्रहरी

घर बाहिर ताल्चा, भित्र तीन जनाको शव : अनुसन्धान गर्दै प्रहरी

images
२०८१ कार्तिक २९ गते, बिहिवार
२०८१ कार्तिक २९ गते, बिहिवार
  • काठमाडौं। काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ मा एक घर बाहिर ढोकामा ताल्चा लगाएको अवस्थामा भित्र एक काखे बालक सहित तीन जनाको शव भेटिएको छ।

    images

    प्रहरीले बिहीबार दिउसो गोकर्णेश्वर नगरपालिका ३ कुमारी गाम्छा भन्ने स्थानमा घरको कोठामा एकै परिवारका तीन जनालाई मृत अवस्थामा फेला पारेको हो। जहाँ ४९ वर्षीय कान्छा नगरकोटीका श्रीमती, छोरा र छोरीको शव थियो।

    images

    घटनाको उपत्यका अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले अनुसन्धान गरिरहेको छ।

    घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार कान्छाले भने आज बिहीबार नै आफ्नी श्रीमती हराएको भन्दै प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए। त्यसपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो।

    प्रहरी टोलीले खोजतलास गर्दा आफ्नै घरको कोठाभित्र ३३ वर्षीया श्रीमती सीता मोक्तान, १५ वर्षीया छोरी अंशु मोक्तान र दुई महिनाको बालक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

    `कान्छाले आफू कात्तिक १६ देखि नै घर नगएको र आज घर पुग्दा बाहिरबाट ढोकामा ताल्चा लगाएको देखेपछि प्रहरीमा आएर निवेदन दिए, त्यसपछि प्रहरी घर पुग्दा भित्रै शव फेला पर्यो,´ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने।

    त्यसपछि प्रहरीले घटनाको अनुसन्धानका लागि भन्दै प्रहरीमा श्रीमती हराएको निवेदन दिने कान्छालाई नियन्त्रणमा राखेर बयान लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुबिच बेलाबखत झैझगडा हुने गरेको र आलोपालो घर छाडेर हिड्ने घटनासमेत हुने गरेकोसमेत बुझिएको छ।

    `घटनाको वास्तविकता के हो अनुसन्धानबाट खुल्छ, अहिले नै यही हो भन्न सकिँदैन, सबै पाटोबाट अनुसन्धान हुँदैछ,´ प्रहरी भन्छ।

    प्रहरीले घटनामा कान्छाको संलग्नताको पाटो, भवितब्य घटना वा हत्यापछि आत्महत्या भन्ने तीनै पाटोबाट अनुसन्धान गरिरहेको छ। घर बाहिर ताल्चा लगाएकोले घटना शंकास्पद पनि छ। तर ढोकामा भित्र र बाहिर दुबै तर्फबाट ताल्चा लगाउन मिल्नेसमेत छ।

    यस्तै काखे बच्चासमेत भएकाले आगो बालेर सेक्ने क्रममा सुतेपछि निसास्सिएर घटना भएको हुन सक्ने आशंकामा समेत अर्को पाटोबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले घटना स्थलमा एउटा माकल र तेलको बट्टा समेत भेटेको छ।

    शवको पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट गएको फरेन्सिक विज्ञहरुको टोलीसमेत शवको अवस्था जाँच गरेको छ। उनीहरुले शव सडेको अवस्थामा रहेको भन्दै घटना २ हप्ता अघि नै भएको हुनसक्ने अनुमान गरेका छन।

    चिकित्सकहरुका अनुसार शवको पोस्टमार्टम समेत गर्न सकिने अवस्था छैन। प्रहरीका अनुसार कान्छा र सीता दुबैले दोस्रो विवाह गरेको खुलेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend