मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रबी लामिछानेको रुपन्देहीमा बयान सुरु,आजै पोखरा लैजाने तयारी

रबी लामिछानेको रुपन्देहीमा बयान सुरु,आजै पोखरा लैजाने तयारी

images
२०८१ कार्तिक २९ गते, बिहिवार
२०८१ कार्तिक २९ गते, बिहिवार
  • काठमाडौं। पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेलाई आज तेस्रो दिन पनि बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइको छ । 

    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट लामिछानेलाई बयानका लागि वकिलको कार्यालयमा ल्याएको हो । उनीसँग मंगलबार र बुधबारसमेत बयान लिइएको थियो। आजै बयान सकेर उनलाई पोखरा लाने प्रहरीको तयारी छ।

    images

    लामिछानेसँग बुधबार बिहान १० बजेदेखि लिइएको बयान सँझ ७ बजे सकिएको थियो । बुधबार लामिछानेसँग मौखिक सहित लिखित बयान पनि लिइएको थियो।

    प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा लामिछानेमाथि अनुसन्धान गरिरहेको छ।

    रुपन्देही प्रहरीले लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न जिल्ला अदालत रुपन्देहीबाट अनुमति लिएको थियो।

    बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend