मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विद्युत् प्राधिकरणले सुचना : १५ दिन भित्र बक्यौता नबुझाए लाइन काटिने

विद्युत् प्राधिकरणले सुचना : १५ दिन भित्र बक्यौता नबुझाए लाइन काटिने

images
२०८१ कार्तिक २९ गते, बिहिवार
२०८१ कार्तिक २९ गते, बिहिवार
  • काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरुलाई पुन: १५ दिन भित्र बक्यौता तिर्न भन्दै सुचना निकालेको छ।

    images

    प्राधिकरणले बिहिबार एक सुचना जारी गर्दै १५ दिन भित्र बक्यौता रकम नतिरे लाइन काटिने चेतावनी दिएको छ। सुचनामा मंसिर १२ भित्र बक्यौता तिर्न भनिएको छ।

    images

    सुचनामा प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको स्मरण गराएको छ। 

    सोही अनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले भनेको छ।

    मंसिर १२ गते भित्र बक्यौता महसुल नबुझाए नियमानुसार अघि बढ्ने चेतावनी प्राधिकरणको छ।

    यस अघि डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरुले बक्यौता नतिरेको भन्दै प्राधिकरणले ३४ उद्योगको लाइन काटिदिएको थियो। 

    लाइन काटिएपछि सरकार र प्राधिकरणबिच टसलसमेत बढेको थियो भने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कुनै हालतमा विद्युत नजोड्ने भन्दै अडानमा उत्रिए।

    तर सरकारले गत कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकमार्फत बिजुलीको लाइन जोडिदिने र टिओडी मिटरको आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गर्दै प्राधिकरणलाई लाइन जोड्न निर्देशन दिएको थियो।

    त्यसपछि प्राधिकरणको संचालक समिती बैठक बोलाएर प्राधिकरणले मन्त्रीपरिषद बैठकको निर्णय अनुसार नै लाइन जोड्न भन्दै क्षेत्रीय कार्यालयहरुलाई पत्राचार गरेको थियो। कात्तिक २७ गते प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरुमा बिजुलीको लाइन जोड्ने निर्णय गरेपछि प्राधिकरणले अधिकांश उद्योगहरुमा लाइन जोडिदिएको थियो।

    अहिले प्राधिकरणले सरकारले गरेको निर्णय अनुसार नै १५ दिन भित्र बक्यौता तिर्न भन्दै सुचना निकालेको जनाएको छ। सो समय भित्र बक्यौता भुक्तान नगरे लाइन काटिने प्राधिकरण बताउँछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend