मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’, १५ हजार ९५३ छोरीको बीमा

`मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’, १५ हजार ९५३ छोरीको बीमा

images
२०८१ कार्तिक २९ गते, बिहिवार
२०८१ कार्तिक २९ गते, बिहिवार
  • जनकपुर। मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत हालसम्म १५ हजार नौ सय ५३ छोरीको बीमा गरेको छ।

    images

    मधेस प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत महिला सशक्तीकरण तथा सामाजिक सुदृढीकरणको लोकप्रिय कार्यक्रमअन्तर्गत सो बीमा गरिएको हो। मधेस प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार सो बीमाबापत रु ५९ करोड ७५ लाख खर्च भएको छ।

    images

    आर्थिक, शैक्षिक तथा सामाजिक रुपमा पछाडि परेका छोरीहरुको उत्थान तथा महिला सशक्तीकरणका लागि बीमा गरिएको निर्देशनालयका सूचना अधिकारी किशोरी कापरले जानकारी दिए।

    उक्त अभियानअन्तर्गत साइकल वितरण, छोरी शिक्षा बीमा, छात्रामैत्री शौचालय निर्माण, लोकसेवा तयारी कक्षा, सेनेटरी प्याड वितरण तथा छात्रवृत्तिको व्यवस्था गरिएको थियो। तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा सुरु भएको सो अभियानअन्तर्गत छोरी शिक्षा कार्यक्रम मात्र सञ्चालन भइरहेको छ भने अन्य कार्यक्रम प्रभावकारी नभएको गुनासो छ।

    यसैगरी छोरी शिक्षा बिमा कार्यक्रमअन्तर्गत २०७८ साल माघ १ गतेपछि जन्मिएका प्रत्येक बालबालिकाको २० वर्षका लागि रु ३७ हजार चार सय ५७ ग्लोबल आईएमई बैंकमा मुद्दति खातामा बीमा गर्ने व्यवस्था गरिएको छ। बीमीत किशोरीले २० वर्षपछि रु तीनलाख पाउने छन्। तर त्यसका लागि बीमित छोरीले कक्षा १२ सम्म अध्ययन गर्नुपर्ने प्रावधान राखिएको छ। विवाह २० वर्ष अगाडि गरेमा उक्त बीमा प्राप्त गर्न नसक्ने जानकारी दिइएको छ।

    मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालनमा रहेको सो कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनपछि २०७८ सालदेखि शिक्षा विकास निर्देशनालयले सञ्चालन गर्दै आएको छ। साइकल वितरणमा अनियमितता भएपछि अहिले साइकल वितरण पनि रोकिएको छ।


     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend