मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सीआइबीमा धनराजको बयान `डीभोर्स किर्ते होइन, सहकारीले मेरो घर र इज्जत खाइदियो´

सीआइबीमा धनराजको बयान `डीभोर्स किर्ते होइन, सहकारीले मेरो घर र इज्जत खाइदियो´

images
२०८१ कार्तिक २८ गते, बुधवार
२०८१ कार्तिक २८ गते, बुधवार
  • काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ५ घण्टा बयान लिएको छ।

    images

    बुधबार सीआइबीले गुरुङलाई ललितपुर महानगरपालिका ५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन र श्रीमतीसँगको डीभोर्स बारे लाजिम्पाटस्थित कार्यालय बोलाएरै दिउसो १२ देखि साँझ ५ बजेसम्म बयान लिएको हो।

    images

    बयानका क्रममा गुरुङले आफुले सहकारीको रकम अपचलन नगरेको र श्रीमतीसँग समेत कानुनी रुपमा नै डीभोर्स गरेर बसेको भन्दै किर्ते डीभोर्स नभएको बयान दिएको सीआइबी स्रोतले बतायो।

    `नक्कली डीभोर्स गरेको भन्ने हल्ला फिजाइयो, कानुन अनुसार नै डीभोर्स भएको हो, किर्ते होइन, म सहकारीको साधारण सदस्य थिएँ, छोरालाई विदेश पथाउने बेला १२ लाख ऋण लिएको हुँ, तर सहकारीको अन्य रकम अपचलन गरेको छैन।´ गुरुङले बयानमा भनेका छन।

    बयानका क्रममा गुरुङले सहकारीले उल्टै आफ्नो घर लिलाम गरिदिएको र आफ्नो इज्जतसमेत सहकारीले खाइदिएको दाबी गरे।

    गुरुङसँग प्रहरीले सहकारीबाट ऋण नलिएको ब्यक्तिले किन तिरेको त भनेर प्रश्न गरेको थियो। जवाफमा आफुले छोरा विदेश पठाउने बेलामा १२ लाख ऋण साधारण सेयर सदस्यका रुपमा लिएको र डीभोर्सका बेला घर धितो राखेर लिएको ऋण तिर्ने तर अरु थप दाबी नगर्ने लिखित सर्तमा श्रीमतीसँग डीभोर्स गरेर अलग भएको, त्यही बेला आफ्नो भागमा परेको ८४ लाख पटकपटक गरेर तिरिदिएको बयान दिएका हुन।

    सीआइबीका एसपी होवीन्द्र बोगटीले गुरुङलाई ब्युरोमा बोलाएर घटना विवरण कागज गराइएको जानकारी दिए।

    सीआइबीमा गुरुङले आफुले सहकारीको रकम अपचलन नगरेको भन्दै प्रहरीसमक्ष अनुसन्धानमा सघाउन आफू सँधै रहेको भनेका छन।

    उनले डीभोर्स भएको भनिएकी श्रीमतीसँग डीभोर्स पछि आफ्नो बोलचाल र कुराकानी नभएको भनेका छन। उनले २०७६ फागुन २९ गते  आफुहरुबिच डीभोर्स भएको भनेका छन।

    मितेरी सहरकारीको सञ्चालक समेत रहकी उनकी पूर्वपत्नी ज्योति गुरुङ हाल फरार छिन। सो बारे प्रश्नमा धनराजले अमेरिका तिर रहेको भन्ने सुनेको तर थप थाहानभएको जवाफ दिएको प्रहरीले बतायो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend