मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पुर्व मन्त्री दीपक मनाङे कारागार चलान

पुर्व मन्त्री दीपक मनाङे कारागार चलान

images
२०८१ कार्तिक २७ गते, मंगलवार
२०८१ कार्तिक २७ गते, मंगलवार
  • काठमाडौं। ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) कारागार चलान भएका छन।

    images

    जिल्ला अदालत काठमाडौंले मनाङेलाई सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनका लागि मंगलबार कारागार चलान गरेको हो।

    images

    मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो। उनले २ वर्ष आठ महिना कैद सजायँ भोगिसकेका छन। अब उनले बाँकी कैद भुक्तान गर्नु पर्ने छ।

    न्यायाधीश डा.नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको ज्यानमुद्दाको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो। सर्वोच्चबाट पनि दोषी ठहर भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो भने पक्राउपुर्जी जारी भएपछि उनलाई प्रहरीले खोजी गरेको थियो।

    २०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले पाँच वर्ष कैद तोकेको थियो । 

    प्रहरीले मनाङेलाई आजै काठमाडौंबाट सीआइबीले पक्राउ गरेर जिल्ला अदालत उपस्थित गराएको थियो। उनी सानोभर्‍याङबाट पक्राउ परेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend