मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रबी लामिछानेसँग रुपन्देहीमा बयान सुरु

रबी लामिछानेसँग रुपन्देहीमा बयान सुरु

images
२०८१ कार्तिक २७ गते, मंगलवार
२०८१ कार्तिक २७ गते, मंगलवार
  • बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबी लामिछानेलाई रुपन्देही ल्याइएसँगै उनको बयान सुरु भएको छ।

    images

    मंगलबार (आज) पोखराबाट बुद्ध एयरको विमानमार्फत रुपन्देही ल्याइएका उनलाई अहिले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याएर बयान सुरु गरिएको छ।

    images

    रुपन्देहीस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसँग बयान लिन सुरु गरिएको हो।

    प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा लामिछानेमाथि अनुसन्धान गर्न लागेको हो। 

    रुपन्देही प्रहरीले लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न जिल्ला अदालत रुपन्देहीबाट यसअघि नै अनुमति लिएको थियो।

    बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

    लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहँदै आएका छन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend