मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दीपक मनाङ्गे काठमाण्डौबाट पक्राउ

दीपक मनाङ्गे काठमाण्डौबाट पक्राउ

images
२०८१ कार्तिक २७ गते, मंगलवार
२०८१ कार्तिक २७ गते, मंगलवार
  • काठमाडौं। नेपाल प्रहरीले दीपक मनाङ्गेलाई काठमाण्डौबाट पक्राउ गरेको छ।

    images

    उनलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो लग्दै छ।गण्डकी प्रदेशसभा सदस्य रहेका उनी काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका हुन। मनाङ्गे गण्डकी प्रदेशका पुर्व मन्त्रीसमेत हुन।

    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाले उनलाई कम्फर्ट हाउजिङबाट पक्राउ गरिएको  जानकारी दिए।

    मनाङ्गेलाई सर्वोच्च अदालतले गत कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै मनाङ्गेलाई पक्राउ गर्न बाटो खोलिदिएको थियो।

    तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङ्गेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो भने सर्वोच्चले पनि सोही फैसलालाई सदर गरेपछी मनाङ्गे विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend