मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरसबीच संक्षिप्त भेट

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरसबीच संक्षिप्त भेट

images
२०८१ कार्तिक २६ गते, सोमवार
२०८१ कार्तिक २६ गते, सोमवार
  • बाकु, अजरबैजान। राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरसबीच संक्षिप्त भेंट भएको छ।

    images

    अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसबिच संक्षिप्त भेट भएको हो। 

    images

    भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याका बारेमा संक्षिप्त कुरा भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

    “जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो। हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ”,राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसबिचको संवाद उदृध गर्दै पोखरेलले भने।

    महासचिव गुटेरसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेटेका थिए। सो क्रममा राष्ट्रपति पौडेलले उठेर संवाद गरेका थिए।

    आज सोमबारबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै बाकु आइपुगेका छन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend