मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्थानीय तह निर्वाचन : मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

स्थानीय तह निर्वाचन : मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

images
२०८१ कार्तिक २६ गते, सोमवार
२०८१ कार्तिक २६ गते, सोमवार
  • काठमाडौं। निर्वाचन आयोगले आगामी १६ मंसिरमा हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।

    images

    आयोगले सोमबार १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरुलाई सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको आयोगले जनाएको छ।

    images

    यस्तै ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई पनि निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति आजैबाट लागू हुने आयोगले भनेको छ।

    आयोगले निर्वाचन हुने सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्रमा ३० कार्तिकमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापन सम्बन्धी कार्यसम्पादन सुरु गर्ने जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend