मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

images
२०८१ कार्तिक २५ गते, आइतवार
२०८१ कार्तिक २५ गते, आइतवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन।

    images

    राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा २६ कात्तिकबाट शुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन।

    images

    सो भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता छ।

    कार्यक्रममा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ।

    सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन २८ कात्तिकमा राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ। २६ कात्तिकबाट शुरु हुने सम्मेलन आगामी ७ मंसिर ७ सम्म चल्नेछ। 

    राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्रीहरूसहित सरकारका उच्च पदस्थ अधिकारीहरुले विदाइ गरे। सो अवसरमा राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो। 

    राष्ट्रपति पौडेल कतारको दोहा हुँदै अजरबैजानको बाकु पुग्ने छन। सम्मेलनमा भाग लिएर उनी ३० कार्तिकमा स्वदेश फर्कने कार्यतालिका छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend