कालिकोट। कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
कालिकोटको पलाँता गाउँपालिका-३ को राडुनेटा भन्ने ठाउँमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ६ वर्षका एक बालकसहित ६ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जीप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको पुष्टि गरे।
मृत्यु हुनेमा पिलाँता गाउँपालिका-५ का ५१ वर्षिया पदम बहादुर बमस, छाँया शाही, वडा नम्बर ६ का पुन्नकला शाही, भद्र रोकाया, गणेश शाही र ६ वर्षिय बालक दमन रोकाया छन।
कर्णाली प्रदेश ००१ ज ५६ नम्बर को जीप दिउसो २ वजेर ३१ मिनेटमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परेर घाइते भएकाहरुलाई नेपाली सेनाको हेलीकप्टरमार्फत उद्धार गरिएको प्रहरी चौकी खिनले जनाएको छ।
घाइते हुनेहरुमा बिजय थापा, ईश्वर थापा, केशव थापा, डल्ली बिक, आषुसा विक, रिदम शाही, प्रतिक्षा शाही, आषिष रोकाया, भुपेन्द्र रोकाया, दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया र जीपका चालक हस्त बम छन। उनीहरु सबैलाई उपचारक लागि सुर्खेत लगिएको छ।



