कालिकोट। कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने करिब एक दर्जन यात्रु घाइते भएका छन्।
कालिकोटको पलाँता गाउँपालिका-३ को राडुनेटा भन्ने ठाउँमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जीप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको पुष्टि गरे।
उनले दुर्घटनामा घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्दार गरेर थप उपचारका लागि सुर्खेत लगिएको जानकारी दिए। घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर कालिकोट आएको थियो।
जीपमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन। तर करिब एक दर्जन ब्यक्ति घाइते भएको अनुमान प्रहरीको छ। घटनाको थप विवरण आउन बाँकी छ।



