मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कोशीका पुर्वमन्त्री अधिकारी पक्राउ : काठमाडौं ल्याइने

कोशीका पुर्वमन्त्री अधिकारी पक्राउ : काठमाडौं ल्याइने

images
२०८१ कार्तिक २५ गते, आइतवार
२०८१ कार्तिक २५ गते, आइतवार
  • काठमाडौं। जापानमा मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्।

    images

    उनलाई नेपाल प्रहरीले विराटनगरस्थित निवासबाटै पक्राउ गरेको हो। कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारीलाई पक्राउ गरिएको जानकारी दिए।

    images

    नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको र प्रत्येक ब्यक्तिबाट १० लाखका दरले रकम बुझेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई काठमाडौं ल्याउने तयारी गरेको छ।

    जापानको टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरी समक्ष बयानमा बताएका छन। ती तीनै जनालाई प्रहरीले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो।

    गएको १४ कार्तिकमा मन्त्रीसहित उनीहरूलाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले नेपाल डिपोर्ट गरेको थियो। प्रहरीले उनीहरुसहित ६ जनालाई लिखत किर्तेसम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend