मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

११ र १२ पास गर्न नसकेका विद्यार्थीलाई मौका : १४ लाख विद्यार्थीलाई अवसर

११ र १२ पास गर्न नसकेका विद्यार्थीलाई मौका : १४ लाख विद्यार्थीलाई अवसर

images
२०८१ कार्तिक २५ गते, आइतवार
२०८१ कार्तिक २५ गते, आइतवार
  • काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले विसं २०५६ यता ११ र १२ पास गर्न नसकेका विद्यार्थीहरुलाई मौका परीक्षाको अवसर दिएको छ।

    images

    बोर्डको यो निर्णयसँगै कक्षा ११ र १२ मा भर्ना भएका तर पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन्। बोर्डका अनुसार यस्ता विद्यार्थीहरुको संख्या करिब १४ लाख रहेको अनुमान छ।

    images

    कक्षा ११ वा १२ को परीक्षामा सम्मिलित भइ अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका वा अक्षरांकन पद्दतिमा पुरानो ग्रेडिङ प्रणालीअनुसार डी र ई ग्रेड प्राप्त गरेकाहरुले मौका परीक्षा दिन पाउने बोर्डद्वारा प्रकाशित सुचनामा उल्लेख छ।

    त्यस्ता परीक्षार्थीले आगामी २७ मंसिर भित्र सम्बन्धित विद्यालयमार्फत बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्नु पर्ने सुचनामा भनिएको छ।

    बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार जुनसुकै विषयमा फेल भएका विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउँछन्।

    यस्तै प्रयोगात्मक विषय मात्र बाँकी रहेकाहरुले पनि मौका परीक्षा दिन पाउँने छन। उनका अनुसार पुराना विद्यार्थीहरुको परीक्षा पुरानै पाठ्यक्रम अनुसार हुने छ।

    कक्षा १२ कालागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएकाले मौका परीक्षाको फारम भर्न पाउने छन।

    यसैगरी कक्षा ११ का लागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकाहरुले अन्तिम एक पटकका लागि मौका परीक्षा दिन पाउने छन।

    परीक्षा बोर्डले आवेदन फारम प्राप्त भइसकेपछि मौका परीक्षाको तालिका सार्वजनिक गरिने जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend