मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रबी लामिछानेलाई आज अदालत लगिंदै, अब के हुन्छ?

रबी लामिछानेलाई आज अदालत लगिंदै, अब के हुन्छ?

images
२०८१ कार्तिक २५ गते, आइतवार
२०८१ कार्तिक २५ गते, आइतवार
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबी लामिछानेविरुद्ध अनुसन्धानका लागि पछिल्लोपटक थप भएको म्याद सकिएको छ।

    images

    जिल्ला अदालत कास्कीले पछिल्लो पटक २० कार्तिकमा १० दिनको म्याद थप गर्दै लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। सो म्याद २४ कार्तिक अर्थात हिजो शनिबार सकिएको हो। त्यसअघि तिहार बिदा परेका कारण १४ कार्तिक देखि गणना हुने गरि सो म्याद थप भएको थियो।

    images

    कास्की प्रहरीले पाएको म्याद सकिएपछि आज पुनः लामिछानेलाई अदालत उपस्थित गराउन लागिएको छ।उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

    लामिछाने २ कार्तिकदेखि अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन। त्यस अघि गत ८ कार्तिकमा ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएको थियो।

    जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा उनलाई प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगी आरोपमा बयान लिइसकेको छ भने बयानको प्रमाणिकरणसमेत सकिसकेको छ।

    कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले आज आइतबार लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइने जानकारी दिए। 

    लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामासमेत अनुसन्धान जारी रहेकाले प्रहरीले पुन: म्याद थपका लागि अदालतसँग अनुमति माग्ने तयारी गरेको छ।

    तर लामिछानेका तर्फबाट बहसमा रहेका कानुनविद्ले भने लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न न्यायाधीश समक्ष आग्रह गर्ने तयारी गरेका छन। उनीहरुले प्रहरीले अनुसन्धान सकाएर बयानको प्रमाणीकरणसमेत गरिसकेकाले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आग्रह गर्ने भएका हुन।

    लामिछाने गत २ कार्तिकमा काठमाडौँबाट पक्राउ परेका थिए भने उनलाई ३ गते बिहान कास्की ल्याइएको थियो। ४ गते ६ दिन र त्यसपछि कार्तिक ८ गते कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले समेत लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। कास्की प्रहरीलाई पत्र पठाएकाले उनलाई त्यसतर्फ पठाउने तयारीसमेत भइरहेको प्रहरी स्रोत बताउँछ।

    लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले अनुमति दिएसँगै रुपन्देही जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरिसकेको छ।

    रास्वपाले भने आजै पोखरामा प्रदर्शन गर्दैछ। सभापति लामिछानेलाई राजनीतिक प्रतिसोध साँध्न सरकारले पक्राउ गरेको भन्दै रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेको छ।
     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend