मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढीपहिरोको वितण्डा

मृत्यु हुनेको संख्या २३६ पुग्यो, करिब ११ हजार व्यक्ति विस्थापित

मृत्यु हुनेको संख्या २३६ पुग्यो, करिब ११ हजार व्यक्ति विस्थापित

images
२०८१ आश्विन १८ गते, शुक्रवार
२०८१ आश्विन १८ गते, शुक्रवार
  • काठमाडौं। गत ११ र १२ असोजका दिन परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी देशका विभिन्न स्थानमा हालसम्म २३६ जनाको मृत्यु भएको छ।

    images

    गृह मन्त्रालयका अनुसार ११४ जना पुरुष, ३२ महिला तथा १९ बालबालिका गरी बाढी तथा पहिरोमा परेर २३६ जनाको मृत्यु भएको हो।

    images

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बाढी तथा पहिरोमा परेर बेपत्ता भएका अझै १९ जना बेपत्ता भएको र १६५ जना घाइते भएको जानकारी दिए। बाढी तथा पहिरोमा परी ४ हजार ६६७ घरहरु पूणर्रुपमा क्षति पुगेको गृह मन्त्रालयको तथ्यांक छ। यसैगरी ५ हजार ३१० घरमा आंशिक क्षति पुगेको छ।

    यस्तै १६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८०७ जना विस्थापित भएका छन्।

    गृह प्रवक्ता तिवारीका अनुसार बाढी तथा पहिरोमा परेका र अबरुद्ध सडकमा फँसेका गरी १७ हजार भन्दा बढीको उद्धार गरिएको छ । जसमा ९१० जनालाई हेलिकप्टरबाट मात्रै उद्धार गरिएको छ। उद्धार गरिएका कतिपयलाई अस्पताल लगिएको छ।

    बाढीपहिराका कारण ११ वटा जलविद्युत आयोजनामा क्षती पुगेको छ भने ६ वटा सिंचाइ आयोजनामासमेत क्षती पुगेको छ।

    विभिन्न १० राजमार्गमा रहेका ४४ वटा सस्पेन्सन ब्रिजमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ। यसैगरी ९६ वटा विद्यालय र ६६ वटा स्वास्थ्य संंस्थामा पनि बाढी पहिरोले क्षति पुगेको गृह मन्त्रालयको तथ्यांक छ।

    प्रवक्ता तिवारीले खोज, उद्दार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकायसँग गृह मन्त्रालयले समन्वय गरिरहेको जानकारीसमेत दिए।

    काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपद्मा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बाफत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किाएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको गृह मन्त्रालयले जनाएको छ।

    प्रभावित जिल्लामा विभिन्न दातृ निकाय र दाताहरुबाट पनि राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध भइरहेको छ। अवरुद्ध सडक पुनः सुचारु गर्न पहल हुनुका साथै पहिरोको जोखिम रहेका राजमार्गमा सुरक्षा व्यवस्था समेत मजबुद पारिएको छ।

    मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपद्मा परेका नागरिकहरुको सहजीकरणका लागि कार्यदल खटाएको छ। कार्यदललाई प्रभावितहरुको तत्काल उद्दार तथा राहत कार्यमा समन्वय र सहजीकरण, मानवीय र भौतिक क्षेत्रको संक्षिप्त विवरण तयारी गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने लगायतका कार्यदेश दिइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend